टीकापुरमा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुरमा आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा वडा नं. ८ मा तालिम सम्पन्न भएको नगरपालिका विपत् व्यवस्थापन उपशाखाकी प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।
टीकापुर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथिमा टीकापुर नगरपालिका वडा न ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला थिए ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा न ६ का वडा सदस्य भारती विक र शिक्षक राजकुमार चौधरी, प्रशिक्षक रतन टमट्टा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री भीमबहादुर महरलगायतले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सफलताको कामना गरेका थिए ।
कार्यक्रम उपमन्त्री महरले अब तालिम पश्चात् व्यवहार लागु गर्नुपर्ने र प्राथामिक उपचारको सिद्वान्तलाई आत्मसाथ गर्दै असल उपचारकको भूमिका निर्वाह गर्न लगनशील भई लाग्नुपर्ने बताए । कार्यक्रममा टीकापुर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले स्थानीय स्तरमा आइपर्ने विपदका बेलामा असल उपचारकको भूमिका निर्वाह गर्न सकुन भनेर तालिमको आयोजना गरिएको बताउँदै स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने बताए । तालिममा टीकापुर नगरपालिलका वडा नं. ६, ७, ८ र ९ का २० जनाको सहभागिता रहेको थियो ।