जानकी गाउँपालिकामा मेलमिलाप तालिम सम्पन्न

रफिक खान । जानकी
बाँकेको जानकी गाउँपालिकामा आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको न्यायीक समितिको आर्थिक सहयोगमा जनअधिकार संरक्षण मञ्च नेपाल काठमाडौं प्राविधिक सहयोग र मिड लिगल सर्भिस खजुराको आयोजनामा मेलमिलापकर्ताहरुको लागि ८ दिने आधारभूत मेलमिलाप तालिम बिहीबार सम्पन्न भएको हो।


गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक रामप्यारी यादव, जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र शाही, वडा ४ सदस्य तथा कार्यपालिकाको सदस्य केकाइ धोबी, वडा ३ सदस्य हुसैनी यादव र कार्य पालिका राजु यादव र गाउँपालिकाको न्यायिक समितिको अधिकृत जितबहादुर श्रेष्ठले तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

अधिवक्ता भानुभक्त रिजाल, सुनिता शर्मा र विद्या खनालले सहजीकरण गरेका थिए । तालिममा जानकी गाउँपालिकाको ६ वटै वडाका गरी २८ जना महिला र पुरुषको सहभागिता रहेको थियो।