नेपालगन्ज-दिल्ली उडानका लागि धामीकोे नेतृत्वमा दवाब समूूह गठन
नेपालगन्ज : नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दवाब समूह गठन गरिएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा बाँकेका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन, पर्यटन व्यवसायीलगायतका सरोकारवालाहरुको शुक्रबार नेपालगन्जमा सम्पन्न छलफल कार्यक्रमले धामी संयोजक रहेको १६ सदस्यीय नेपालगन्ज–दिल्ली उडान दवाब समूह गठन गरेको हो ।
समितिमा पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, दिवाकर खनाल, श्रीराम सिग्देल, सुधांशु कोइराला, मीनबहादुर मल्ल, प्रेमबहादुर शाह, राजेन्द्र श्रेष्ठ, करिश्मा योगी, उमा थापा मगर, नन्दलाल वैश्य, नवीन गिरी, रंगबहादुर खड्का, आशिष गुप्ता र सदस्य सचिव भीमबहादुर रानाभाट रहेका छन् ।

समितिका संयोजक धामीले नेपालगन्ज–दिल्ली उडान नहुँदासम्म दवाब जारी राख्ने बताए । उनले भने, ‘नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र होइन, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय गेटवे भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक छ ।’ चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले पनि नेपालगन्ज–दिल्ली उडान महत्वपूर्ण हुने उनको दाबी थियो ।