जनमतको ६५औं त्रैमासिक रक्तदान श्रृंखलामा ५६ जनाद्वारा रक्तदान
नेपालगन्ज : जनमत अर्धसाप्ताहिकको त्रैमासिक रक्तदानको ६५औं श्रृंखलामा ५६ जनाले रगत दान गरेका छन् । २२औं विश्व रक्तदाता दिवसको अवसर पारेर जनमत पत्रिकाले गोपाल–नीना फाउण्डेशन नेपालसँगको सहकार्यमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ पुरुष र ९ महिलाले रगत दान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उपसम्पादक र मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्ष मनबहादुर केसी, राप्ती सोनारी गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीकी अध्यक्ष दिव्या गुरुङ, उपाध्यक्ष अमृता केसी, डा. चन्दन सिंह, डा. प्रभात बस्नेत, महेश श्रेष्ठ, स्वास्थ्यकर्मी टीकाराम खनाल, होमराज गिरीले रक्तदान गरेका थिए ।
त्यसैगरी निरजमान श्रेष्ठ, लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतमप्रसाद पौडेल, झपेन्द्रबहादुर शाह, शान्ति बिक, राजन कुँवर, लोकनाथ शर्मा, अर्जुन चौधरी, कुशल खडका, डी.आर. पाण्डे, रमेश स्वाँर, कमलेश कुमार कर्ण, विनयकुमार साह, निराजन बढयात, रञ्जित कुशमी थारु, जितेन्द्र कार्की, दिनेश प्रसाद तमोली, घनश्याम प्याकुरेल, रविन श्रेष्ठ, सुशील भण्डारी, विष्णु केसी, धमेन्द्रकुमार वर्मा, हरिलाल जोशी, प्रताप ओली, प्रविणकुमार पोरवाल, हर्कसिंह साउँद, रमेश थापा, हरिबहादुर बर्नवाल, दुर्जुन थारु, नगेन्द्र विक्रम शाह, लक्ष्मी चौधरी, प्रिया खड्का, आरम्भ वैश्य, सुन्दर विष्ट, कमल गिरी, सुवोध जोशी, लक्ष्मी गुरुङ्ग, शालिकराम खनाल, गोपाल–नीना फाउण्डेशनका रिसर्च अफिसर अनूप आर्या, डा. सबिन अधिकारी, हिमा बिक, सुनिल रसाइली, मुना केसी र वसन्त भण्डारीलगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, पत्रकार संघ रुपईडिया भारतका अध्यक्ष पत्रकार शेरसिंह कशौधनले प्रमाण पत्र र टिसर्ट हस्तान्तरण गरेका थिए ।
बाँकेमा रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका अभिभावक वरिष्ठ फिजिसियन डा. गोपालप्रसाद श्रेष्ठ र वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी बाँकेको प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सोमप्रसाद सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरिएको थियो ।