भलिबलको उपाधि धम्बोझी मावि र आदर्श माविलाई

नेपालगन्ज : प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ धम्बोझी मावि र महिलातर्फ आदर्श माविले उपाधि जितेका छन् ।

शुक्रबार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाइनल खेलमा आदर्शले युनाइटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम भएको हो । जय बागेश्वरी माविले सगरमाथा माविलाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो ।

त्यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५(१६, २५(१६ ले पराजित गर्दै प्रथम भयो । मंगलप्रसाद माविले युनाइटेडलाई २५-१८, २४-२६ र २५-२२ ले पराजित गर्दै तेस्रो भयो ।

दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोझी माविका श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श माविकि ग्रेष्ना चिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।
विजेता जयी हुने टीमलाई नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।
पूर्वखेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।
समापन समारोहमा विगत ५ दशकदेखि नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै नेपालगन्ज १८ कारकाँदौ निवासी अशोकजंग थापालाई सम्मानित गरिएको थियो।