टीकापुर-७ को सार्वजनिक सुनुवाइ सम्पन्न
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ को सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वडा कार्यालयले आर्थिक वर्ष २०८१/२०८२ को विकास निर्माण तथा सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । टीकापुर ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षता भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय समाजसेवी बुद्विजिवी लगायतहरुले वडा कार्यालयले गरेका विकास निर्माण तथा सेवा प्रवाहका बारेमा जिज्ञासा र सुझावराखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नरेश्वर भमाला ,मनिराम ढुङ्गाना, टोपबहादुर केसी सन्जीव वैद्य ,शशी श्रेष्ठ, बलबहादुर गरन्जा, देशराज चौधरी लगायतले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरेर स्थानीय स्तरमा रहेका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा बढी चासो जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयले गरेका विकास निर्माण सम्बन्धी प्रतिवेदन वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने वडा कार्यालयले दिएका सेवा प्रवाह सम्बन्धी प्रतिवेदन वडा सचिव कमला पोख्रेलले प्रस्तुत गरेकी थिइन । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासको वडा अध्यक्ष, वडा सदस्यहरु वडा सचिव, प्राविधिक लगायतले प्रष्ट पारेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवाल तथा जिज्ञासाहरुलाई आगामी आर्थिक वर्षदेखि आत्मसाथ गर्दै कार्यान्वयन लागि पहल गरिने वडा अध्यक्ष लगायत सदस्यहरुले प्रतिबद्धता गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो टीकापुर एफएमका स्टेसन म्यानेजर एकेन्द्र तिमिल्सेनाले गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, बडघर, समाजसेवी ,राजनीतिक दलका प्रतिनिधि गरि करिब १०० भन्दा बढीको सहभागिता रहेको थियो ।