मधुवन-८, ठाकुरबाबा-३, बारबर्दिया-५ र ठाकुरबाबा-५ विजयी

वनवीरपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ वनवीरपुरमा जारी चौथो ठाकुरबाबा गोेल्डकप फुटबल प्रतियोगितामा मधुवन-८, ठाकुरबाबा-३, बारबर्दिया-५ र ठाकुरबाबा-५ का टिम विजयी भएका छन् ।

आयोजक चुरे जनजागृति क्लब वनवीरपुरका सचिव ललित विष्टका अनुसार सोमबार सम्पन्न पहिलो खेलमा मधुवन नगरपालिका-८ ले बारबर्दिया नगरपालिका-२ लाई एकका विरुद्ध २ गोलले विजयी भएको थियो । प्रतियोगिताको दोस्रो खेलमा ठाकुरबाबा नगरपालिका-३ नेउलापुरले ठाकुरबाबा -५ शाहीपुरलाई शून्यका विरुद्ध २ गोलले बाजी मारेको थियो । तेस्रो खेलमा बारबर्दिया-५ ले मधुवन-६ लाई शून्य गोलविरुद्ध १ गोलले जीत निकालेको थियो । सोमबारको चौथो तथा अन्तिम खेलमा ठाकुरबाबा-५ तकियाले ठाकुरबाबा-२ बी संयुक्तलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको थियो ।
गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने छ । त्यसैगरी सेमिफाइनल पुगेका अरु दुई टिमलाई जनही ७ हजार १११ रुपैयाँ, उत्कृष्ट खेलाडी, अनुशासन लगायतलाई जनही पैतीस सयदेखि चार हजार रुपैयाँ पुरस्कार दिने आयोजक संस्थाको तयारी छ ।