ठाकुरबाबा-१ द्वारा बारबर्दिया-९ माथि सानदार जित

वनवीरपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ वनवीरपुरमा जारी चौथो ठाकुरबाबा गोल्डकप फुटबलमा ठाकुरबाबा नगरपालिकाको वडा नं. १ सानदार रुपमा विजयी भएको छ ।
आयोजक चुरे जनजागृति क्लब वनवीरपुरका सचिव ललित विष्टका अनुसार मंगलबारको चौथो खेलमा ठाकुरबाबा-१ ले बारबर्दिया नगरपालिका-९ माथि शून्यका विरुद्ध ५ गोलको सानदार जित निकालेको हो । ठाकुरबाबा गोल्ड कपकोे पहिलो चरणका खेलमा ठाकुरबाबा १ ले स्कोर अहिलेसम्मकैै सर्वाधिक हो ।

पहिलो खेलमा ठाकुरबाबा-५ बनकट्टीले ठाकुरबाबा-५ गोविन्दपुरलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा बारबर्दिया नगरपालिका-४ ले मधुवन नगरपालिका-२ लाई १ का विरुद्ध २ गोलले जितेको थियो ।

तेस्रो खेलमा ठाकुरबाबा-६ ले ठाकुरबाबा-९ लाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दैै दोस्रो चरणको यात्रा सुरक्षित गरेको छ । बुधबार ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न वडाबीच रोचक प्रतिष्पर्धा हुँदैैछ । गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने छ ।