नेपालगन्जकी नवीना रानाभाटलाई एक्टिङ स्टारको उपाधि
नेपालगन्ज : अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टारको उपाधि नेपालगन्जकी नवीना रानाभाटले जितेकी छन् ।
एपी वान टेलिभिजनबाट प्रसारण भएको एक्टिङ स्टारको बुधबार राति ९ बजेतिर सम्पन्न फिनालेमा रानाभाटले उपाधि जितेको उनका बुबा भीमबहादुुर रानाभाटले जानकारी दिए । एक्टिङ स्टार फिनालेको एपिसोड भने एपीवान टेलिभिजनबाट बिहीबार मात्र प्रसारण हुनेछ । एक्टिङ स्टार भएसँगै नवीनाले नगद १५ लाख, ट्रफी, वल्र्ड टुर र एउटा फिल्ममा अभिनयको अवसर मिलेको छ । बरिष्ठ अभिनेता नीर शाहले नवीनालाई एक्टिङ स्टारको ट्रफी प्रदान गरेका थिए ।
बुबा भीमबहादुरले छोरीको जित नै पश्चिम नेपालकै जित भएको प्रतिक्रिया दिए । एक्टिङ स्टारमा फस्ट रनर अप भावना मगर र सेकेण्ड रनर अप इभा घिमिरे भएको एक्टिङ स्टारको अफिसियल फेसबुक पेजले जनाएको छ ।