नेपालगन्जमा पौडी प्राविधिक उत्पादन सुरु
नेपालगन्ज : नेपाल पौडी संघ केन्द्रीय समितिले संघीय राजधानी भन्दा बाहिर पहिलो पटक पौडी प्राविधिक उत्पादन सुरु गरेको छ ।
नेपालगन्ज स्वीमिङ क्लब बाँकेसँगको सह–आयोजनामा संघले बुुधबारदेखि नेपालगन्जमा दुई दिने नेशनल टेक्निकल अफिसियल (रेफ्री/जज ) क्लिनिक २०२५ सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय पौडी प्राविधिकहरु विष्णु खड्का, अनिश महर्जन र दीपक सागर सिंहले प्रशिक्षण दिइरहेका छन् । तीन वटै प्रदेशबाट २७ जनाले तालिम लिइरहेका छन् । पहिलो दिन सैद्धान्तिक कक्षा, दोस्रो दिन प्रयोगात्मक अभ्यास र १४ र १५ को दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीपमा पनि प्राविधिकहरुले काम गर्नेछन् । बाँके जिल्लामा नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरी, तारे होटल, विद्यालय, फनपार्क, र ब्यक्तिगत गरी १६ वटा पौडी पोखरी छन् । जिल्लामा चन्दुराम चौधरी र दीपक परियार मात्र मान्यता प्राप्त पौडी प्राविधिकका रुपमा काम गरिरहेका छन् ।








