भोलिदेखि नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै, १५० बढी प्रतिष्पर्धी

नेपालगन्ज : नेपालगन्ज स्वीमिङ क्लब बाँकेले शुक्रबारदेखि नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्दैछ ।
क्लबले नेपाल पौडी संघ केन्द्रीय समितिको प्राविधिक सहयोगमा नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीप २०२५ आयोजना गर्न गइरहेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । शुक्रबार बिहान ८ बजेदेखि प्रतियोगिता सुरु हुनेछ । देशका विभिन्न प्रदेशबाट आएका सहित १५० भन्दा बढी खेलाडीबीच ५८ वटा विधामा प्रतिष्पर्धा हुँदैछ ।