रोमाञ्चक बर्फानी बाबा हाइकिङ (फोटो फिचर)

नेपालगन्ज : धार्मिक पर्यटकीय गन्तव्य बर्फानी बाबाको आश्रमको प्रबद्र्धनका लागि बाँकेबासीले शनिबार रोमाञ्चक पदयात्रा (हाइकिङ) गरेका छन् । राप्तीसोनारी गाउँपालिका, गुल्मेली समाज सेवा समिति बाँके र पर्यटनकर्मी श्रीराम सिग्देलको संयोजन तथा आव्हानमा स्वस्फूर्त रुपमा पदयात्रा गरिएको हो ।


राप्तीसोनारी गाउँपालिकाको बैजापुरको कुम्भर गाउँबाट गुल्मेली समाजको टोलीसँग भजन किर्र्तनसँगै हाइकिङको आनन्द लिएका थिए । बर्फानी बाबा आश्रमको टाकुरामा रहेको दुद्धेश्वर महादेवको दर्शन गरेका थिए । श्रीश्रीश्री १००८ केशव गिरीजी महाराज (बर्फानी बाबा)ले पर्यटनकर्मीको स्वागत र सम्मानमा प्रसाद र भोजनको व्यवस्था गरेका थिए ।
राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको सीमामा अग्लो टाकुरामा समुद्र सतहदेखि ४१० मिटर उचाइमा बर्फानी बाबाको आश्रम रहेको छ ।