चुरे माविका पूर्वविद्यार्थीद्वारा सहपाठीको निधनपछि छोरीको शिक्षाका लागि सहयोग

भुरिगाउँ (बर्दिया) : बर्दियाको चुरे माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले आफ्ना सहपाठीको निधनपछि छोरीको शिक्षाको लागि सहयोग गरेका छन् ।
विद्यालयको २०५१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले सहपाठी मोतिसरा शाहीको अकालमा निधन भएको प्रथम वार्षिकीको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिका १ डुम्रेनी पुगेर ७१ हजार ६७० रुपैंया हस्तान्तरण गरेको पूर्वविद्यार्थी प्रेमबहादुर थापाले जानकारी दिए । एक दर्जन सहपार्ठीहरु भेला भएर विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद पौडेलमार्फत रकम प्रदान गरेका थिए । शाहीको निधन भएपछि एसएससी २०५१ सालका विद्यार्थीहरुले रकम संकलन गरेका थिए ।