कोहलपुरमा आधुनिक शवदाह गृह निर्माण

कोहलपुर : बाँकेको कोहलपुरमा आधुनिक शवदाह गृह निर्माण गरिएको छ ।
कोहलपुर नगरपालिका–११ मा एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमइ बैंकले २० लाख, नेपालगन्ज मेडिकल कलेज कोहलपुरले ५ लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक संघसंस्था, व्यक्ति लगायतले गरी करिव १ करोड १० लाख बढी रकममा शवदाह गृह निर्माण गरिएको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले जानकारी दिए ।

समितिले सोमबार शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माणमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा शवदाह गृह निर्माणमा सहयोग गर्ने बैंक, संघ–संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।