क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्‌घाटन

नेपालगन्ज : क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उदघाटन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्कस्थित कार्यालयको शनिबार संस्थाका बाँके शाखा संस्थापक अध्यक्ष अक्षरी पोखरेलले कार्यालयको उद्‌घाटन गरेकी हुन् । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्ररिषी चौलागाई, प्रेस सेन्टरका केन्द्रिय सदस्य, डा. डक्तप्रसाद धिताल, नेपाल पत्रकार महासंघ बाँकेका सह-सचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार संघका सचिव विजय मल्ल लगायतले क्रियाशील पत्रकार महिला बाँकेले पत्रकार महिलाहरुको ब्यावसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लाग्ने सुझाव दिएका थिए ।