स्व. कृष्णप्रसाद बस्याल ‘राकेश’ स्मृति स्कुल कप’ क्रिकेट हुँदै
संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा स्व. कृष्णप्रसाद बस्याल ‘राकेश’ स्मृति स्कुल कप-२०८२’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्रिकेट संघ बर्दियाले ‘स्व .कृष्ण प्रसाद बस्याल ‘राकेश’ स्मृति स्कुल स्तरीय कप-२०८२’ मंसिर २१ गतेदेखि जिल्लाका विद्यालयहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । १० विद्यालय सहभागी हुने छन् । विजेताले २० हजार र उप-विजेताले १० हजार नगद पुरस्कार पाउने कार्यक्रमका संयोजक तथा प्रतियोगिता संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । उनले स्कुल स्तरमै प्रतिभा पहिचान गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
ओ








