स्व. नेता कोइरालाको स्मृतिमा पत्नीद्वारा विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

कोहलपुर : वामपन्थी नेता स्व.अशोक कोइरालाको स्मृतिमा उनकी पत्नी मञ्जु कोइरालाले बाँकेको कोहलपुरको एक सामुदायिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता दीपक जीएमका अनुसार कोइरालाको वार्षिक पुण्यतिथिको अवसरमा कोहलपुर नगरपालिका १२ चपरगौडीको ज्ञानज्योति माध्यमिक विद्यालयमा अक्षय कोष स्थापनाको निम्ति पत्नी मञ्जुले चेक हस्तान्तरण गरेकी हुन् ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा बाँके इन्चार्ज कोइरालाको गत वर्षको चैत्रमा मस्तिष्कघातबाट निधन भएको थियो । नेकपा (एमाले)बाँकेका पूर्वअध्यक्षसमेत रहेका कोइरालाले जिल्लामा प्राविधिक शिक्षाकोे विकासमा पनि योेगदान गरेका थिए । उनी विद्यार्थी संगठन हुँदै वाम राजनीतिमा सक्रिय भएका थिए ।






