कोहलपुर गोल्डकप फुटबल १९ वैशाखदेखि

कोहलपुर : बाँकेको कोहलपुर रेसिङ साहारा क्लबले कोहलपुर गोल्डकप’ फुटबल प्रतियोगिताको आगामी १९ वैशाखदेखि आयोजना गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘कोहलपुर गोल्डकप’को चौथों संस्करण आगामी १९ वैशाख १९ गतेदखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतका अनुसार गोल्डकपमा विदेशी टिम २ वटा, ए डिभिजन क्लब ३ वटा, मोफसलका क्लब २ वटा र आयोजक टिम १ वटा रहने छन् । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उप विजेता टिमले ४ लाख रुपैयाँ पाउनेछन् ।
क्लबका वरिष्ठ उपाध्यक्ष सन्तोष बम मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उप प्रमुख सगीता सुवेदी रहेकी थिइन् ।