अर्थ मन्त्रालयद्वारा राजस्व परामर्शबारे नेपालगन्जमा सुझाव संकलन
नेपालगन्ज : संघीय सरकारको अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले शुक्रबार नेपालगन्जमा सुझाव संकलन गरेको छ । आगामी आर्थिक वर्ष २०८३र-२०८४ को बजेट तथा राजस्व नीति तर्जुमा गर्न मन्त्रालयले नेपालगन्ज उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरिएको सुझाव संकलन गरेको जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरिलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ सचिव डा.घनश्याम उपाध्याय, अर्थ मन्त्रालय सहसचिव उत्तरकुमार खत्री, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक अमृत लम्साल, भन्सार विभागका उपमहानिर्देशक अर्जुन ढकाल लगायतले बाँकेका उद्योगी व्यवसायीका सुझाव र जिज्ञासाको जवाफ दिएका थिए । अर्थ सचिव उपाध्यायले उद्योगी व्यवसायीले राखेका धेरै मागहरुबारे सम्बोधनको तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा नेपालगन्जका उद्योगी व्यवसायीहरुले राज्यको गलत नीतिका कारण आफूहरुले सजाय.तथा शास्ति भोग्नु परेको चिन्ता व्यक्त गरेका थिए ।









