पर्यटन प्रबर्द्धन गर्न नाट्टा बाँकेद्वारा टेबल पात्रो प्रकाशन

नेपालगन्ज : नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरले पर्यटन प्रबर्द्धनमुखी गर्ने उद्देश्य नयाँ वर्ष २०८३ सालको टेबल पात्रो प्रकाशन गरेको छ। बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले शनिबार पात्रो विमोचन गरेका हुन् । पात्रोमा पर्यटकीय गन्तव्यबारे उल्लेख गरिएको छ ।
विमोचन कार्यक्रममा सिग्देलले पर्यटकीय टेबल पात्रोको प्रकाशनले पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। संस्थाका जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनिकापुर रेडक्रसका सभापति नवराज सापकोटा, उपाध्यक्ष झविलाल शर्मा, सह–कोषाध्यक्ष लवराज प्रधान लगायत नाट्टा बाँके च्याप्टरका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।