नेपालगन्जको पर्यटकीय क्षेत्र रानीतलाउ क्षेत्रमा सफाइ
नेपालगन्ज : ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजनाले नेपालगन्जको पर्यटकीय क्षेत्र रानी तलाउको मंगलबार सरसफाइ गरेको छ ।
द कोकाकोला फाण्डेसनको सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालले सञ्चालन गरेको परियोजनाले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ को रानीतलाउ क्षेत्रमा सरसफाइ गरेको हो ।
सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय नजिकको सडक तथा आसपासका सार्वजनिक क्षेत्रको सरसफाइ गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले जानकारी दिनुभयो ।
अभियानका क्रममा सडक, विद्यालय आसपास तथा सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका झोला, पोलेथिन, सिसा तथा काँचका टुक्रा, बोतल, मिसावटयुक्त फोहोर, विभिन्न प्रकारका कागजका टुक्रा तथा झारपात संकलन गरिएको थियो । संकलित फोहोरलाई जैविक, अजैविक र पुनः प्रयोगयोग्य गरी वर्गीकरण गरिएको थियो । सरसफाइ अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवक गरी करिब २० जनाको सहभागिता रहेको थियो ।









