राप्रपामा विवाद चर्केको बेला राणाको साथ छोड्दै वैश्य रास्वपा प्रवेश

Photo : Samirman Shresth Facebook

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता नन्दलाल वैश्य राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । रास्वपा केन्द्रीय महामन्त्री भूपदेव शाहले सोमबार वैश्यलाई पार्टी प्रवेश गराउनु भएको हो ।
वैश्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेर नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिव हुँदै ७ वैशाख २०७९ मा राप्रपामा प्रवेश गर्नु भएको थियो । राप्रपामा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।

त्यसअघि २०७४ सालमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमार्फत एमालेमा पनि प्रवेश गर्नु भएको थियो । एमाले छोडेर फेरि माओवादीमै प्रवेश गर्नु भएको थियो ।
उहाँ त्यसअघि नेपाली कांग्रेस निकट तरुण दलमा पनि सक्रिय हुनुहुन्थ्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका ताका उहाँको मधेशवादी पार्टीप्रति पनि उहाँको सदासयता थियो ।