१४ असारसम्म बाँकेमा १३.५ प्रतिशत रोपाइँ

नेपालगन्ज : बाँकेमा मनसुन सुरु नहुँदा यो वर्ष असार १४ सम्म १३.५ प्रतिशत मात्र रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका क्षेत्रमा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्र रोपाइँ भएको छ ।
खजुरा गाउँपालिकामा किरणनाला लिफ्ट सिँचाइ आयोजना भएकाले यो वर्षको असार १५ को कार्यक्रम पनि सोमबार खजुरा गाउँपालिकामा हुँदैछ । धेरैजसो राप्तीसोनारी र कोहलपुर क्षेत्रमा कृषि ज्ञान केन्द्रले असार १५ को कार्यक्रम आयोजना गर्ने गर्दथ्र्यो ।