लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको अध्यक्षमा विष्ट
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको अध्यक्षमा सन्तोषी विष्ट निर्वाचित हुनु भएको छ ।
क्लबकोे सोमबार नेपालगन्जमा सम्पन्न साधारणसभाले विष्टको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा धनमाया लुइँटेल (ऋचा लुँइटेल), द्वितीय उपाध्यक्षमा शोभा श्रेष्ठ र सचिवमा शोभा गुरुङ निर्वाचित हुनु भएको छ ।
क्लबका अध्यक्ष थापा अमृत थापा, निवर्तमान अध्यक्ष शंकरप्रसाद खनाल, पूर्वअध्यक्षहरु उमा थापा मगर, किशोर आचार्य, मीना सुवेदी ढकाल, सुशीला चन्दलगायतले क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बधाइ दिनु भएको थियो ।









