अछामी समाजमा खड्का दोस्रो कार्यकालका लागि अध्यक्ष

नेपालगन्ज : अछामी सेवा समाज बाँकेमा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुष्करबहादुर खड्का निर्वाचित हुनु भएको छ ।
समाजको शनिबार नेपालगन्जमा सम्पन्न ८औं अधिवेशन तथा साधारणसभाले खड्काको नेतृत्वमा १२ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
अधिवक्ता कृष्णप्रसाद जैसीका अनुसार समाजको उपाध्यक्ष विष्णुबहादुर बोगटी, उपाध्यक्ष महिला सरस्वती बुढा, सचिव भुपालमान विष्ट, कोषाध्यक्ष हर्र्कबहादुर बोहरा र सहसचिवमा हिरेन्द्रबहादुर खड्का निर्वाचित हुनु भएको छ । त्यसैगरी कल्पना बोगट र झरना थापा (महिला सदस्य), केशर परियार, कृष्ण कुँवर र टेकराज जैसी सदस्य निर्वाचित हुनु भएको हो ।

संस्थाका अध्यक्ष पुष्करबहादुर खड्काको अध्यक्षता, सल्लाहकार तथा नेपालगन्ज मेडिकल कलेजका पूर्वप्रध्यापक नरेन्द्रबहादुर स्वाँरको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामी, एकीकृत समाज सञ्जालका अध्यक्ष माधव पोखरेल, समाजका निवर्तमान अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव टेकबहादुर खड्का, लागूऔषध परामर्श सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी लगायतले अधिवेशन सफलताको कामना गर्नु भएको थियो ।

अधिवेशनको अवसरमा समाजले विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो ।