गैसस महासंघ बाँके कार्य समितिद्वारा पदभार ग्रहण

नेपालगन्ज : गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ ।
महासंघको गत १४ असारमा सम्पन्न १०औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट निर्वाचित मन भण्डारीको नेतृत्वमा नयाँ कार्य समितिले सोमबार औपचारिक रूपमा पदभार गरेको हो । अधिवक्ता केशव कोइराला नेतृत्वको निर्वाचन समितिले कार्य समितिलाई सोमबार नै प्रमाण पत्र पनि प्रदान गरेको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह र महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तेजविक्रम शाहले नवनिर्वाचित टिमलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । नवनिर्वाचित अध्यक्ष मन भण्डारीले महासंघलाई सबै सदस्य संस्थाको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।