नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा ओली सर्वसम्मत् अध्यक्ष घोषणा
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेमा चिरञ्जीवी ओलीको नेतृत्वमा सर्वसम्मत् रुपमा कार्य समिति घोषणा गरिएको छ । विगतमा समावेशी र प्रजातान्त्रिक प्यानलका रुपमा छुट्टाछुट्टै दुई प्यानलमा उम्मेदवारी दिने गरेकोमा पूर्वअध्यक्षको तर्फबाट शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघकै सभाकक्षमा ओलीसहित पदाधिकारी र सदस्य गरी २१ जनालाई औपचारिक घोषणा गरिएको हो ।
कमलकुमार कार्की (उपाध्यक्ष उद्योग), विष्णुप्रसाद श्रेष्ठ (उपाध्यक्ष वाणिज्य), रुपा ओझा सानु (उपाध्यक्ष महिला), महासचिव विष्णु श्रेष्ठ, उपमहासचिव शिवप्रसाद दाहाल र कोषाध्यक्ष टीकामणि उपाध्यायलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, सैयद नहाँगीर मुलसमान, अतुल गुप्ता, शरद अधिकारी, आदित्य गुप्ता, चाँदबाबु अन्सारी र नगेन्द्र शाही रहनु भएको छ । त्यसैगरी एशोसियट सदस्यमा अब्दुल वाहिद अन्सारी र राजीव तलंगा, सम्बद्ध सदस्यमा फडाधर भण्डारी र सुरेश जंग बञ्जरालाई चयन गरिएको छ ।
संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संघलाई उद्योगी व्यवसायीको नेतृत्वदायी संस्था बनाउन पनि सर्वसम्मत् नेतृत्व चयनका लागि पहल गरेको बताउनु भयो ।
कार्यक्रममा सर्वसम्मत् रुपमा अध्यक्षका उम्मेदवार बनेका चिरञ्जीवी ओलीले सबै उद्योगी व्यवसायीहरुको साझा मुद्दा बनाएर काम गर्ने बताउनु भयो ।









