एकीकृत समाज सञ्जाल बाँकेद्वारा १ विद्यालय र २ आश्रममा १५० जोर जुत्तामोजा वितरण

नेपालगन्ज : एकीकृत समाज सञ्जाल बाँकेले नेपालगन्जको एउटा सामुदायिक विद्यालय र २ वटा आश्रममा गरी १५० जोर जुुत्ता वितरण गरेको छ ।

सञ्जालका अध्यक्ष माधवप्रसाद पोखरेलका अनुसार शुक्रबार युद्ध संस्कृत माध्यमिक विद्यालयमा १०० जोर जुत्ता र मोजा वितरण गरिएको होे । त्यसैगरी.नेपालगन्जका नीलसागर आश्रम र मानव सेवा आश्रममा ५०/५० जोर जुत्ता र मोजा वितरण गरिएको हो । जुत्ता र मोजा वितरणपछि सन्जालको बैठक बसेर तत्कालै कार्यक्रमको समीक्षा पनि गरिएको थियो ।









