भोटेकोशी बाढीको पीडा : राष्ट्रिय शोकमा संघद्वारा दिप प्रज्वलन

नेपालगन्ज : भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परेर ज्यान गुमाएकाहरुलाई स्मृतिमा विश्वभरका नेपालीले आज राष्ट्रिय शोकमा मृतकलाई भावपूर्ण श्रद्धाञ्जली दिन विविध कार्यक्रम गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले राष्ट्रिय शोकमा दिप प्रज्वलन कार्यक्रम गरेको थियो । सो अवसरमा अध्यक्ष चिरञ्जीवी ओलीलगायत पदाधिकारी, सदस्य र उद्योगी व्यवसायीहरुले मैनबत्ति बालेर मृतकप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

१० भदौमा भोटेकोशी नदीमा आएको विनासकारी बाढीमा परी बाँके लगायत स्वदेशी तथा विदेशी नागरिकलाई श्रद्धाञ्जली दिन १३औं दिनको पुण्ण तीथिकम दिप प्रज्वलन गरिएको हो । भोटेकोशीको बाढीमा ज्यान गुमाएका व्यक्तिको स्मृति र सम्मानमा देशभरका सरकारी कार्यालयमा राष्ट्यि झण्डा आधा झुकाइएको थियोे । विश्वभरका नेपालीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।