नेपालगन्ज उद्योग वाणिज्य संघमा ५ सदस्य मनोनित गरेपछि कार्य समितिको पूर्णता, प्रवक्तामा जैसी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको कार्य समितिले पूर्णता पाएको छ ।
संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा बिहीबार बसेको बैठकले विधानको परिच्छेद–५ अन्तगर्तको धारा २३ को (ख, ग, घ र परिच्छेद–५ को धारा २५ को (ग) मा भएको व्यवस्था बमोजिम ५ जना सदस्य मनोनित गरिएको हो ।
वरिष्ठ सदस्य अब्दुल जलील मन्सुरी मनोनित हुनु भएको छ । मन्सुरी यसअघि पनि कार्य समितिमा वरिष्ठ सदस्य नै हुनुहुन्थ्यो । महिला सदस्यद्वय उषाकुमारी थापा (क्षेत्री) र अल्पना गुप्ता मनोनित हुनु भएको छ । त्यस्तै अन्य मनोनित सदस्यमा विवेक रानाभाट र हिमांन्शु गुप्ता रहुनु भएको छ ।
बैठकले कार्य समिति सदस्यमा दोस्रो कार्यकालको अनुभव संगाल्नु भएका भएका नन्दराम जैसीलाई प्रवक्तामा मनोनित गरेको छ । जैसी यस अघि टंकबहादुर धामी नेतृत्वमा मनोनित कार्य समिति सदस्य हुनुहुन्थ्यो । संघमा समावेशी प्रतिनिधित्व पनि भएको छ ।