२४ घण्टा निर्धक्क देउसी खेल्नुस् : गृह मन्त्रालय

नेपालगन्ज : नेपाल सरकारले २४ घण्टा नै देउसी भैलो खेल्ने अनुमति दिएको छ । विगतमा मध्यरातपछि देउसी खेल्न रोेक्न लगाइने गरिएको थियो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाले सोमबार देशैभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरी नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन दिने तथा र सामाजिक सद्भावको संरक्षण हुने गरी परम्परागत देउसी भैलोको कार्यक्रम २४ घण्टा नै सञ्चालन गर्न दिन निर्देशन दिएको छ ।

हिजो लक्ष्मीपूजा गरेसँगै गाउँसहरमा देउसी भैलीको रौनक पनि बढेको छ । के बालबालबालिका, के महिला, के बृद्धबृद्धा सबैमा संस्कृति संरक्षणको लागि देउसी खेल्ने चलन छ ।
हिन्दु धर्मालम्बीहरुको दोस्रो ठूलो चाड तिहारको चौथो दिन बिहानै गाईको पूजा गरी मनाइएको छ । गाईको पूजा गरेर मीठा परिकार खान दिइन्छ ।
हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूध जत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ।