एनपीएल : सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
नेपालगन्ज : सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार फाइनल स्थान बनाएको हो । पहिलो र दोस्रो संस्करणमा सुदूरपश्चिम उपविजेता भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविन मालानको अविजित ७१ रन मद्दतमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्ससँग आउने शनिबार खेल्नेछ ।










