सुदूरपश्चिम रोयल्सको पोल्टामा एनपीएल तेस्रो संस्करणको उपाधि

नेपालगन्ज : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साबिक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित हासिल गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
सुदूरले टस जितेर पहिले बलिङ गर्दै लुम्बिनीलाई १५५ रनमा रोकेको थियो । लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो । १५६ रनको चुनौती सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाइ पूरा गरेको हो । स्कटल्याण्डका खेलाडी जर्ज मुन्सीले एनपीएल इतिहासकै सर्वाधिक रन जोड्ने क्रममा ५४ बलमा अविजित रहँदै १२५ रन बनाए ।
दोस्रो संस्करणको एनपीएलमा लुम्बिनीबिरुद्धको फाइनलमा उपविजेतामा चित्त बुझाउनु परेको सुदूरलाई तेस्रो संस्करणमा लुम्बिनीले लिग चरण र पहिलो क्वालिफायरमा हराएको थियो । उपाधि जितेसँगै सुदूरपश्चिमले सम्पूर्ण हारको बदला लिएको छ ।
जितेको थियो भने एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि जित्दा सुदूरपश्चिम उपविजेतामा समेटिएको थियो ।

कसले के पुरस्कार पाए
प्रतियोगितामा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुनुभयो । ढकालले सर्वाधिक १७ विकेट लिनु भएको छ । रिजनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एण्ड जाएको कार पुरस्कार पाउनुभयो । यस्तै रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जित्नुभयो । यस्तै प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित हुनु भयो। उहाँले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिनु भएको थियो । ऐरीलाई ५ लाख रुपैयाँ पुरस्कार जित्नुभयो ।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित हुनुभयो। उहाँले नगद २ लाखको पुरस्कार पाउनु भयो । प्रतियोगितामा २४२ रन बनाउने विराटनगर किंग्सका लोकेश बम सर्वोत्कृष्ट ब्याटर घोषित हुनु भयो। उहाँले पनि पल्सर बाइक जित्नुभयो । यसैगरी जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्डको रुपमा पल्सर मोटरबाइक अवार्ड जित्नुभयो ।
सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गरेका सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गर्‍यो ।