२४ घण्टामा  बन्यो ४० शैयाको आइसोलेसन कक्ष

 

मेरो खुसी संवाददाता

नेपालगन्ज :  कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि नेपालगन्जमा पनि ४० शैयाको अस्थायी अस्पताल (आइसोलेसन कक्ष) तयार भएको छ ।

कोरोना भाइरसविरुद्धको जिल्ला स्तरीय टाक्स फोर्सले शनिबार आइसोलेशन कक्ष तयार गर्ने निर्णय गरेको २४ घण्टाभित्रै ४० शैयाको आइसोलेसन कक्ष तयार गरेको हो । खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पताललाई २४ घण्टा मै ४० बेडको अस्थायी अस्पताल तयार पारेको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीलाई उपचारका लागि राखिनेछ । फोटो सौजन्य : नेपालगन्ज उपमहानगरपालिका