योग दिवसमा खजुराको क्वारेन्टाइनमा योग शिविर

खजुरा (बाँके) : छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिका ३ को आदर्श माविको क्वारेन्टाइनमा योग शिविर गरिएको हो ।
पतन्जली योग समिति खजुराको आयोजनामा आइतबार बिहान १ घन्टा योग र प्राणायाम गराइएको थियो । समितिका महामन्त्री राजेन्द्रप्रसाद सापकोटाका अनुसार क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई गुर्जो, बेसारलगायत जडिबुटी मिलाएर बनाएको काडापानीसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. ३ का वडाअध्यक्ष कान्तुराम गौतम, ४ का वडा अध्यक्ष तिलकवीर सुनार, साइकल अभियन्ता सतिश निरौला, आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाभाट लगायतको सहभागिता थियो । कार्यक्रम पतन्जली योग समिति खजुराका अध्यक्ष ऋषिकेश जिसीको अध्यक्षतामा सप्पन्न भएको थियो ।