बाँकेमा ९३ % कोरोना संक्रमित निको भए

कोरोना जितेका पत्रकार मेघराज ओली र उनकी पत्नी नर्स लक्ष्मी केसी । फाइल फोटो

नेपालगन्ज : बाँके जिल्लामा कोरोना भाइरस (कोभिड १९) का ९३ प्रतिशत संक्रमित निको भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका तीन सय ६३ संक्रमितमध्ये शुक्रबारसम्म तीन सय ३७ जना निको भइसकेका छन् । जुन कूल संक्रमितको ९२.८३ प्रतिशत हो । अब आइसोलेसनमा २५ जना मात्र बाँकी छन् । कोरोनाबाट बाँकेमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४५ वर्षीया महिलाको ज्यान गएको छ ।