बर्दियामा २ प्रहरी र १ बैंक कर्मचारीमा कोरोना

गुलरिया : बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार मंगलबार दुई प्रहरी र एक बैंकका कर्मचारी गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा बर्दियाका ३ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जसमध्य गुलरिया नगरपालिका वडा नम्वर ६ र ७ घर भएका प्रहरी र सुर्खेत घर भई बर्दियामा एक बैंकमा कार्यरत कर्मचारी हुन । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ५ पुगेको छ ।