बाँकेका ७०३ जना संक्रमितले कोरोना जिते

नेपालगन्ज : बाँके जिल्लामा कोरोना जित्ने सात सय नाघेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँके जिल्लामा कोरोनाबाट शनिबारसम्म ७ सय ३ जना डिस्चार्ज भएका हुन् । शनिबार मात्र होटल न्यू इन्द्रेणी, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन सेन्टर, आदर्शनगर आइसोलेसन, होटल सिटी प्यालेस, खजुरा क्यान्सर अस्पताल आइसोलेसनबाट १० जना डिस्चार्ज भएका छन् । ती अधिकांश नेपालगन्जका हुन् । जिल्लामा कूल कोरोना संक्रमित ९ सय ७५ जना रहेकोमा आइसोलेसनमा अब २ सय ६६ जना मात्र छन् । कोरोनाबाट बाँके जिल्लामा अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।