राष्ट्रिय वाणिज्य बैंकको धम्बोझी शाखाका २१ जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना
नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित धम्बोझी शाखामा कार्यरत ५ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
बैंकका प्रदेश ५ का प्रदेशिक प्रमुख आनन्द सुवेदीका अनुसार धम्बोझी शाखाका २५ जनाको स्वाब परीक्षण गर्दा फ्रन्टलाइनमा बस्ने ५ जनालाई कोरोना संक्रमण भएको हो । जसमा दुई महिला र ३ पुरुष छन् । ‘सामाजिक सुरक्षा भत्ता, पेन्सन, लघुवित्त, विपन्न वर्ग कर्जा, नेपालगन्ज उपमहानगरपालिकाको कारोबार धेरै हुने शाखा हो । त्यसैले दैनिक १२ सय बढीको घुँइचो हुन्छ’, सुवेदीले प्रष्ट पारे, ‘बैंकको पूरानो शाखामध्ये नेपालगन्ज पनि एक भएकाले सेवाग्राही पनि धेरै हुन्छन् ।’ राष्ट्रिय वाणिज्य बैंकको स्थापना २०२२ सालमा भएको थियो । त्यसको २ वर्षपछि अर्थात २०२४ सालमै नेपालगन्जको यो शाखा स्थापना भएको सुवेदीले प्रष्ट पारे ।