२०० जनालाई तनाव व्यवस्थापन तालिम

नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरले शनिबार अनलाइनमार्फत दुई सय जनालाई तनाव व्यवस्थापन तालिम दिएको छ ।
तालिमका मुख्य प्रशिक्षक आर्ट अफ लिभिङको नेपाल कन्ट्री को–अर्डिनेटर सन्तोष केडियाले मानिसको जीवनमा ८० प्रतिशत खुसी र २० प्रतिशत दुःख हुने भए पनि मनले दुःख बढाएर १२० प्रतिशत बनाउने गरेको बताइन् । ‘हाम्रो व्यस्त जीवनशैलीका कारण तनाव हुने र त्यो तनाव टक्सिन बनेर शरीरमा जम्मा हुन्छ । त्यही टक्सिनले हामीलाई नकारात्मक बनाउँछ । त्यो बढ्दै बढ्दै गएर रोगी बनाउँछ’, उनले प्रष्ट पारिन, ‘हामीले प्राणायाम गरेर स्वासको माध्यमबाट शरीरमा भएको ९० प्रतिशत टक्सिन फाल्न सक्छौं । त्यसका लागि योग र प्राणायाम गर्न जरुरी छ ।’
खाना, निद्रा, स्वास र ध्यानस्त मन (शान्त मन) बाट मानव शरीरमा उर्जा प्राप्त हुने बताउँदै प्राणायामबाट प्राणशक्ति बनाउन सकिने बताइन् । तालिममा तनाव मुक्तिका विधिका साथै भ्रस्त्रिका प्रणायाम र ध्यान गराइएको थियो । तालिममा प्रदेश ५ बाँके, बर्दिया, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन ८५ जनाले नाम दर्ता गरेको द आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरका संयोजक संयोजक सञ्जय थापाले जानकारी गराए । द आर्ट अफ लिभिङले बाँके बर्दिया जिल्लाका स्वयंसेवकहरुलाई लक्षित गरी केही दिनभित्रै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ ।