आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

बारबर्दियामा ११ र गुलरियामा १० गरी थप २१ जनामा कोरोना

बर्दिया : बर्दियामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बुधवार बारबर्दियामा ११ र गुलरियामा १० गरी थप २१ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बारबर्दिया नगरपालिका वडा नम्वर ६ का ९ जना र तीनका २ जनामा संक्रमण भएको पाईएको हो । त्यस्तै गुलरिया नगरपालिका वडा नम्वर ५ का तीन, ९ का २ र वडा नम्वर २, ७, ८, १० का एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।
बुधबार गुलरियावाट स्वाव लिईएका मधुवन नगरपालिका ४ का एक २८ बर्षिय पुरुष र भेरी अस्पताल नेपालगन्जमा गेरुवा ५ बर्दियाका एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *