शनिबार, कार्तिक १५, २०७७ / Saturday 31st October 2020

बाँकेमा एकैदिन कोरोनाबाट ३ को मृत्यु, २ जनाको आधा घण्टाको अन्तरमा निधन

नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार एकैदिन ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार २ जना बाँकेका र १ जना रुकुमका व्यक्तिको ज्यान गएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको थियो । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा निधन भयो । उनको निधन भएको आधा घण्टापछि नै नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९ः३० बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका १३ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *