बर्दियाका २ स्थानमा बिओपीको शिलान्यास

शक्ति परियार:  बर्दियाको राजापुर क्षेत्रका २ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को शिलान्यास गरिएको छ । शुक्रबार राजापुर नगरपालिका स्थित वडा नं ७ को शंकरपुर र १० को झप्टीमा बोर्डर आउट पोष्ट (बिओपी) को शिलान्यास गरिएको हो । शंकरपुर विओपीको राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले र वडा नं १० को झप्टीमा स्थापनानार्थ बिओपीको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शिलन्यास गरेका हुन । शिलन्यासमा सशस्त्र प्रहरी बल बर्दियाका प्रहरी उपरिक्षक नर बहादुर रावत, ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरिक्षक मिन बहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरिक्षक खेमराज बोगटी,शंकरपुरका बड्घर ओमप्रकाश यादव, समाजसेवी गंगा बहादुर महतारा लगायतको उपस्थिती रहेको थियो । बिओपी स्थापनाको कार्य तिहार लगत्तै सुरु गरिने बताइएको छ । बिओपी स्थापना हुने भएपछि स्थानीय हर्षित भएका छन् ।