बर्दियाका किसान पनि सस्तोमा धान बेच्दै

मुरली गोडिया । गुलरिया
बर्दियाका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्न बाध्य भएका छन् ।
यो वर्ष धानको बिउ, रासायनिक मल अन्य कष्ट झेल्दै महगों मूल्य तिरी उत्पादन गरेको धान कम मूल्यमै बेच्नु परेको मधुवन नगरपालिका–८ की कृषक जसरा सुवेदीले गुनासो गरिन। सरकारले प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, किसान भने सरकारले निर्धारण गरेको मूल्य भन्दा ६ सयदेखि ७ रुपैयाँ कममा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएको बताउँछन् ।
सरकारले खरिद गर्ने सरकारी संयन्त्र गाँउ गाँउमा पुग्न नसक्दा गाँउका किसानलाई भने झनै समास्या भएको छ । कृषि पेशाबाटै जीवन निर्वाह गर्ने कृषकले कम मूल्य धान बिक्री गर्न परेपछि अन्य बालीमा चाहिने मल, बिउ कहाँबाट कसरी लगाउने समस्या परेको गुलरिया नगरपालिका–८ का किसान श्रीराम चिरीमारले बताए ।
समयमै बिउ नपाएर उत्पादन कम भएका किसानलाई भने गुजारा कसरी चलाउने भन्ने चिन्ता भएको बारबर्दिया नगरपालिका-४ का किसान काशीराम थारुले बताए । खाद्य व्यवस्था व्यापार केन्द्र राजापुरको खरिद गर्ने डिपो जिल्लाभर विस्तार नहुँदा किसानले सस्तो मूल्यमा व्यापारीलाई धान बेच्नुपरेको हो । गाँउघरमै सरकारी संयन्त्र पु¥याई धान खरिद गर्न कर्दियाका किसानको माग छ ।








