खजुरामा थपियो १५ शैयाको अर्को अस्पताल

बाँकेको खजुरामा १५ शैयाको अस्पताल भवनको शिलन्यास कार्यक्रम । फोटो सौजन्य : दुर्गा रोकाय

नेपालगन्ज : बाँकेको खजुरामा १५ शैयाको अस्पताल भवनको शिलन्यास भएको छ ।
बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले सोमबार एक समारोहबीच अस्पताल भवनको शिलान्यास गरेका हुन् । खजुरा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो । संघीय सरकारको १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष कक्षपतिले भने, ‘खजुरामा स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताए ।’ गाउँपालिका उपाध्यक्ष एकमाया विकले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पालिकास्तरमै अस्पताल निर्माण शुरु भएको बताइन् । खजुरामा ५० शैयाको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ । जुन पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल हो ।