कोरोनाबाट कोहलपुरका ७४ वर्षका पुरुषको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट बाँकेको कोहलपुर नगरपालिका २ का ७४ वर्षका पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ६ मंसिरमा कोरोना संक्रमण भएर भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान २ बजे निधन भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।