संसद विघटन लोकतन्त्र र संंविधान विपरित : नेता भट्टराई

नेकपा (प्रचण्ड–नेपाल समूह)ले आइतबार बाँकेमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै नेता योगेश भट्टराई

नेपालगन्ज : नेकपा (प्रचण्ड–नेपाल समूह)का नेता योगेश भट्टराईको प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान विपरित संसद विघटन गरेको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले आइतबार जिल्ला समन्वय समिति बाँकेको सभाकक्षमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता भट्टराईले संसद विघटन देश र पार्टी हित विपरित भएको भन्दै प्रधानमन्त्रीले अक्षम्य गल्ती गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान विपरित संसद विघटन गर्नु भएको हो । संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण हो ।’
उनले सूर्य चिन्ह आफूहरुले पाउने जिकिर पनि गरे । साबिक नेकपा बाँकेका संयोजक तथा प्रदेश सांसद आइपी खरेल, सह–संयोजक अशोक कोइराला, प्रतिनिधिसभा सदस्य पूर्णकुमारी सुवेदीलगायतका नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।