बर्दियाका पाँच विद्यालयमा यौन शोषण विरुद्ध विद्यार्थी सचेतना

मुरली गोडिया, गुलरिया

माइती नेपाल बर्दियाले जिल्लाका पाँचवटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत किशोरीलाई यौन शोषण बिरुद्ध सचेत पारेको छ । विद्यालयस्तरमा अध्यनरत विद्यार्थीहरु विभिन्न शोषणबारे अति सचेत हुनुपर्ने र ब्यबसायीक यौन शोषणमापरि भविष्यमा आउन सक्ने समास्या प्रति आफु र समाज सजग हुन अवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई सचेत पारिएको हो ।

माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालका अनुसार पछिल्लो दिनमा छात्रामाथि यौनजन्य हिंसाका घटना घटिरहेकाले त्यसबाट सचेत हुन, बेचबिखनबाट जोगिनका लागि विद्यालयमै गएर किशोरीलाई अभिमुखिकरण गराएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रा किशोरीलाई बाल यौन शोषणबाट बच्ने उपायबारे अभिमुखिकरण गराएसंगै किशोरीहरुले बालयौन शोषण र बेचबिखनबारे जानकारी पाएको बताएका थिए ।

कार्यक्रम संयोजक रिमालका अनुसार छात्रामाथि यौनजन्य हिंसाका घटना घटिरहेकाले त्यसबाट सचेत हुन, बेचबिखनबाट जोगिनका लागि जिल्लाका ५ (पाँच) वटा सामुदायिक विधालयहरुमा पुगी सचेतना फैलाइएको छ । पाँच वटै विद्यालयका कक्षा ८ ,९ ,१० ,११ र १२ मा अध्ययनरत छात्राहरुलाई बालबालिका माथी हुने ब्यबसायिक यौन शोषण बिरुद्ध अभिमुखीकरण गरिएको रिमालले बताईन । ती विद्यालयमा छुट्ट छुट्टै गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई ब्यवसायीक यौन शोषण बिरुद्ध भिडियो देखाई थप प्रष्ट पारिएको थियो । ब्यवसायीक यौन शोषणबिरुद्ध विद्यार्थीहरुले आफना साथीहरु, घर परिवारलगायत समाजमा समेत यसबारे सचेतना फैलाउने बिधार्थीहरुले प्रतिबद्धता जनाएका छन ।

पछिल्लो समयमा बालबालिकाहरु माथी ब्यबसायिक यौन शोषणको घट्नाहरु चुनौतीका रुपमा देखिएकाले पनि यस्ता कार्यक्रमको अवश्यकता रहेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन । कोराना भाइरसको जोखिमलाई मध्यनजर गर्दे उच्च स्वास्थ साबधानी अपनाई गरिएको कार्यक्रम मार्फत ५ विद्यालयका करिब १ सय जना विद्यार्थी लाभान्वित भएको माइती नेपाल बर्दियाले जनाएको छ । बर्दियाको गुलरिया नगरपालिकामा अवस्थित महाकबी देबकोटा मावि, बगलामुखी राधाकृष्ण थारु मावि, कोटही मावि रहेका छन । त्यस्तै बर्दियाकै बढैयाताल गाँउपालिकामा अवस्थित सरस्वतीमा माबि, र शारदा मा.बि.मा ब्यवसायीक यौन शोषण बिरुद्ध अभिमुखीकरण गराइएको माइती नेपालले जनाएको छ । विद्यार्थीहरुलाई ज्ञान सम्बन्धी प्रश्नावली सोधी उत्कृष्ट, प्रथम, द्धितिय, तृतीय र सानत्वना हुने छात्राहरुलाई पुरस्कार समते वितरण गरिएको थियो ।