१०० को रिचार्ज कार्ड ८० भारुमा कालोबजारी !
नरैनापुर (बाँके) : ‘बाँकेको कर्णाली’ उपमा पाएको नरैनापुरमा नेपाल टेलिकमको एक सय रुपैयाँको रिचार्ज कार्डमा एक सय २८ रुपैयाँ बढीमा कालो बजारी भइरहेको छ ।
नरैैनापुर २ लक्ष्मणपुरका मोहम्मद सलिम खाँका अनुसार एक सय रुपैयाँको रिचार्ज कार्ड ८० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । उनी भन्छन्, ‘लकडाउनभन्दा अघि एनटिसीको एक सयको रिचार्ज कार्ड ६५ भारु (एक सय पाँच नेपाली) मा बिक्री हुन्थ्यो । अहिले ८० भारु (एक सय २८ नेरु) मा बिक्री भइरहेको छ ।’ उनले अहिलेसम्म एक सयका रिचार्ज कार्ड ८० भारुका दरले १० वटा किनिसकेकोे बताएका छन् ।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक मानबहादुर बिसीले इ-सेवाबाट रिचार्ज गर्नेले एक सय रुपैयाँ दिँदा ९८ रुपैयाँको रिचार्ज गर्ने बाहेक रिचार्ज कार्डको कालोबजारीबारे आपूmलाई थाहा नभएको बताएका छन् ।