सर्वोच्चको ऐतिहासिक फैसला : १३ दिनपछि संसद बैठक डाक्न आदेश, ५ पुसपछिका सबै नियुक्ति बदर

नेपालगन्ज : सर्वोच्च अदालतको संवैधानिक इजलासले एकमतका साथ संसद पुनर्स्थापना गर्ने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र्र शम्शेर राणा नेतृत्वको  विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको ५ सदस्यीय संवैधानिक इजलासले मंगलबार फैसला गर्दै सभामुखलाई १३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न निर्देशन दिएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ ।’ यो फैसलाको पुनरावलोकन पनि अब हुनसक्दैन । सरकारले पुस ५ गतेपछि गरिएका सबै नियुक्तिसमेत अदालतले खारेज गर्न भनेको खबर पहिलोपोस्ट् डटकमले प्रकाशित गरेको छ ।